Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२२ सयले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

२२ सयले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बिहीबार चाँदी तोलामा पाँच हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077