Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तनहुँ बस दुर्घटना अपडेट दुई जनाको मृत्यु, २७ जना घाइते

तनहुँ बस दुर्घटना अपडेट दुई जनाको मृत्यु, २७ जना घाइते

शुक्रवार , बैशाख ११, २०८३

तनहुँ। तनहुँको शुक्लागण्डकी–७ शेराटारमाशेरामा भएको बस दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको थियो। 

प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३१ जना व्यक्ति सवार रहेका थिए ।

जसमध्ये दुर्घटनामा परि २९ जना घाइते भएका छन् ।घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ ।

१ जनाको त्यहीँ जीपी अस्पताल बेलचौतारामा उपचारमा भइरहेको छ भने १ जना डिस्चार्ज भइसकेका छन् ।

घाइतेहरुको प्रहरी र स्थानीयले मिलेर उद्धार गरेका थिए ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077