Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

थापाथलीमा डोजर चल्नुअघि, सुकुम्बासी बस्ती खाली गरिँदै

थापाथलीमा डोजर चल्नुअघि, सुकुम्बासी बस्ती खाली गरिँदै

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा रहेका अतिक्रमित सुकुम्बासी बस्ती हटाउने सरकारी तयारी तीव्र बनेसँगै त्यहाँका बासिन्दाले धमाधम सामान सार्न थालेका छन्।

सरकारले शनिबारदेखि आइतबारसम्म बस्ती खाली गराउने तयारी गरेपछि स्थानीयवासीहरू हतारहतार घरभित्रका सामग्री, लत्ताकपडा तथा अन्य आवश्यक सामान सुरक्षित स्थानतर्फ सार्न व्यस्त देखिएका छन् ।

सम्भावित डोजर कारबाहीअघि नै आफ्नो सम्पत्ति जोगाउने प्रयासमा बस्तीमा भागदौडको अवस्था देखिएको छ।

यसअघि नेपाल प्रहरी ले सूचना जारी गर्दै तोकिएको अवधिभित्र बस्ती खाली गर्न र सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। सोही सूचनापछि बस्ती क्षेत्रमा चहलपहल बढेको छ भने अस्थायी बसोबासको विकल्प खोज्ने क्रम पनि तीव्र बनेको छ।

सरकारले जारी गरेको सूचनामा वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत संकलन गरी आवश्यक प्रक्रिया तत्काल अघि बढाइने उल्लेख गरिएको छ। साथै, अपांगता भएका व्यक्ति, बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीलाई प्राथमिकतामा राख्दै सुरक्षित रूपमा स्थानान्तरण गरिने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077