Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको हो ।

आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

यसअघि रसुवाबाट निर्वाचित मोहन आचार्य र आङदेम्बेको नाममा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच कुरा मिलेको थिएन । त्यसैले सहमतिमै दलको नेता चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया स्थगीत गरिएको थियो ।

अन्ततः आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा अघि बढाउने सहमति जुटाएपछि संसदीय दलको बैठकले निर्णयलाई औपचारिकता दिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077