Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने, नेपाल र चीनबीच सम्झौता

चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने, नेपाल र चीनबीच सम्झौता

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ । 

चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएसँगै चक्रपथ विस्तारको काम अघि बढ्न बाटो खुलेको हो ।

भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदुत झांग माओमिंगबीच बुधबार यससम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

चक्रपथको दोस्रो खण्डमा ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेको छ । हाल बसुन्धारासम्म मात्र विस्तार गर्न लागिएको छ । 

यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चिनियाँ राजदुत माओमिंगले पनि उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । 

साथै राजदुत माओमिंगले नेपालको विकासमा चिनियाँ सहयोग सधैँ रहने समेत बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077