झापा। झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
जिल्लाको कचनकबल गाउँपालिका ३ मा विद्यार्थी ओसारिरहेको विद्यापानी माविको प्र१-०१-००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो।
दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१-०१-०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भई बस पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको छ।
यस्तै दुर्घटनामा मोटरसाइकल चालक कचनकबल ३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ।
बस चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।