Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीका होटलहरूमा ‘अनैतिक धन्दा’, महिला र पुरुषसहित ३० जना परे फन्दामा

धनगढीका होटलहरूमा ‘अनैतिक धन्दा’, महिला र पुरुषसहित ३० जना परे फन्दामा

शुक्रवार , बैशाख १८, २०८३

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी बजारका विभिन्न होटलहरूमा छापा मार्दै अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ३० जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ सञ्चालन गरिएको विशेष अपरेशनमा योगेन्द्र तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ नम्बर वडाका विभिन्न होटलहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ती क्षेत्रमा लामो समयदेखि अवैध तथा अनैतिक गतिविधि सञ्चालन भइरहेको सूचनाका आधारमा छापा मारिएको हो। नियन्त्रणमा लिइएकामध्ये १३ जना पुरुष र १७ जना महिला रहेका छन् ।

हाल उनीहरूलाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077