धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले तीन स्थानका इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
धनगढी विमानस्थल, कैलाली कारागार तथा प्रहरी चौकी सत्तीमा जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रहरीका अनुसार धनगढी विमानस्थलका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि उनको स्थानमा वरिष्ठ सई राजेन्द्र बमलाई पठाइएको छ ।
बम यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए । त्यसैगरी प्रहरी चौकी सत्तीका इन्चार्ज सई सुशील चन्दको जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
उनको स्थानमा कैलाली कारागारमा कार्यरत सई ऐनबहादुर पाललाई नयाँ इन्चार्जको जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत वरिष्ठ सई धनञ्जय मल्ललाई कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको छ ।