Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै अधिवेशन आह्वान

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयले मंगलबार (वैशाख २२) जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गते बिहीबार दिउँसो २ बजे बस्नेगरी आह्वान गरिएको हो।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन्।

आगामी अधिवेशनमा सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी, साथै समसामयिक राजनीतिक विषयहरूमा व्यापक छलफल हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077