Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनलाइन गेम ठगी प्रकरण : मेयरका छोरा २ दिनमै छुटे, किन चलाइएन मुद्धा ?

अनलाइन गेम ठगी प्रकरण : मेयरका छोरा २ दिनमै छुटे, किन चलाइएन मुद्धा ?

बुधवार , बैशाख २३, २०८३

धनगढी । अनलाइनमार्फत गेम खेलाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका मेयरका छोरासहित तीन जनालाई सरकारी वकिलको निर्णयपछि रिहा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टका छोरा प्रशान्त भट्ट, सुवास भाट र देवकी पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तर अनुसन्धान फाइल पेश भएपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै उनीहरूलाई रिहा गर्न निर्देशन दिएको हो।

प्रहरीका अनुसार अनलाइन गेम खेलाएर रकम असुल्ने ठगीमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले सरकारी वकिलको निर्देशनपछि मंगलबार तीनै जनालाई छाडिएको जानकारी दिए।

यो प्रकरण कञ्चनपुरको वेदकोटकी सरस्वती भट्टले दिएको उजुरीपछि बाहिर आएको थियो । सुरुमा सुवास भाटविरुद्ध मुद्दा दर्ता भए पनि अनुसन्धान क्रममा मेयर पुत्र प्रशान्त भट्टको समेत संलग्नता देखिएपछि प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

तर ठगीमा संलग्न रहेको आरोप लागेकाहरुमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णयप्रति प्रश्न चिन्ह खडा भएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077