Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाटन चक्कु प्रहार प्रकरण : सञ्जीव नेपालीसहित तीनजना पुर्पक्षका लागि जेल चलान

पाटन चक्कु प्रहार प्रकरण : सञ्जीव नेपालीसहित तीनजना पुर्पक्षका लागि जेल चलान

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । पाटनमा दुई दाजुभाइमाथि भएको चक्कु प्रहार घटनामा संलग्न भएको आरोप लागेका सञ्जीव नेपालीसहित तीनजना अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले सञ्जीव नेपाली, गगन सुनार र विकास लिम्बूलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश दिएको हो ।

यस घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङको मृत्यु भएको थियो । चैत २५ गते पाटन क्षेत्रमा भएको चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बीएन्डबी अस्पताल मा निधन भएको थियो ।

ललितपुर प्रहरी ले तयार पारेको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयमा बुझाउँदै घटनामा संलग्नहरूमाथि जन्मकैद मागदाबी गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार, मृतक दाजुभाइले गलत नम्बर डायल गर्ने क्रममा सञ्जीव नेपालीसँग विवाद सुरु भएको थियो । सोही विवाद बढ्दै जाँदा गालीगलौज र चुनौतीपूर्ण भनाइपछि सञ्जीव पाटन पुगेको र त्यहाँ चक्कु प्रहार गरेको बयान दिएको खुलेको छ ।

घटनामा विवाद मिलाउन झापाकै विकास लिम्बू पनि कृष्ण मन्दिर क्षेत्रमा पुगेको अनुसन्धानमा देखिएको छ । प्रहरीका अनुसार विकास लिम्बूको नेम्बाङ दाजुभाइ र सञ्जीव नेपाली दुवैसँग परिचय रहेको समेत खुलेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077