Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सपना प्रधानलाई पछि पार्दै चौथो वरियतामा रहेका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

सपना प्रधानलाई पछि पार्दै चौथो वरियतामा रहेका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपराह्न बसेको परिषद् बैठकले शर्मालाई सर्वोच्चको नेतृत्वका लागि अघि बढाउने निर्णय गरेको हो।

वरिष्ठताका आधारमा चर्चामा रहेकी सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै शर्माको नाम सिफारिस भएपछि न्यायिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनी औपचारिक रूपमा देशको प्रधानन्यायाधीश बन्नेछन्।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।

बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे तथा प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी सहभागी थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077