Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे समान धारणा बनाउने

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे समान धारणा बनाउने

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दै छ ।

बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको हो ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ ।

उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ । आजै सल्लाहाकारको बैठक पनि बस्दैछ । 

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077