काठमाडौं । नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ ।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेस गरेका थिए।
उक्त रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपिठ गरिएको थियो । दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि रिट निवेदक प्रेम सिलवालले बिहानै कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर इजलासमा पेस हुने निवेदन समेत दर्ता नभएको भनी उजुरी दिएका थिए ।
उक्त उजुरीपछि कामु प्रधान्यायाधीशले शर्माको निर्देशनमा दर्ता गर्न रोकिएको आरोपसहित एक बजेभित्र दर्ता गर्न आदेश गरेकी थिइन्।कामु मल्लले निर्देशन दिएपछि संसद्मा केही सांसदहरूले आपत्ति जनाएका छन् ।
प्रधानन्यायाधीशको आदेश, त्यसको कार्यान्वयन र प्रतिनिधिसभामा उठेका घटनाक्रमबारे आफ्नो धारणा बनाउन
बैठक डाकिएको हो ।