Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सर्वोच्च प्रशासनविरुद्ध बार एशोसिएशनको दिउँसै लालटिन बालेर प्रदर्शन

सर्वोच्च प्रशासनविरुद्ध बार एशोसिएशनको दिउँसै लालटिन बालेर प्रदर्शन

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति विरोध जनाउँदै लालटिन बालेको छ।

सर्वोच्च प्रशासनले रिट तथा निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको भन्दै कानून व्यवसायीहरूले सर्वोच्च परिसरमा लालटिन बाल्दै प्रदर्शन गरेका हुन् ।

संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका डा.मनोज शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेस गरेका थिए। 

उक्त रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपिठ गरिएको थियो । दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि रिट निवेदक प्रेम सिलवालले बिहानै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर इजलासमा पेस हुने निवेदन समेत दर्ता नभएको भनी उजुरी दिएका थिए । 

उक्त उजुरीपछि कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट १ बजेभित्रमा दर्ता गरेर आफूलाई जानकारी दिन मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन्। 

तर, बिहान अदालतमा हाजिर भएका पौडेल र रजिस्ट्रार मानबहादुर कार्की सर्वोच्च अदालतमा नहुँदा दर्ता प्रक्रिया नै रोकिएको थियो ।

उक्त कामु प्रधानन्यायाधीशको आदेश पनि पनि रिट निवेदन दर्ता नभएको  बाहिरिएपछि  बारको बैठकले अदालत प्रशासनबाट “अनपेक्षित क्रियाकलाप र हर्कत” भएको निष्कर्ष निकाल्दै कडा विरोध कार्यक्रम घोषणा गरेको थियो ।

सोहीअनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे बारले आफ्नो कार्यालय प्राङ्गणमा लालटिन बालेको हो ।

वरिष्ठतम मिचेर चौथो वरीयताको न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गरिएको भन्दै नेपाल बारले यसअघि पनि विरोध गर्दै आएको छ ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077