काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला १००० रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले
छ ।
शुक्रबार भने २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।