Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इजरायली प्रधानमन्त्री नेतान्याहु भन्छन् - हिजबुल्लाहविरुद्धको युद्ध रोकिन्न

इजरायली प्रधानमन्त्री नेतान्याहु भन्छन् - हिजबुल्लाहविरुद्धको युद्ध रोकिन्न

सोमवार , बैशाख २८, २०८३

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानस्थित शिया मिलिसिया हिजबुल्लाहविरुद्धको सैन्य अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन् ।

अमेरिकी टेलिभिजन सीबीएस न्युजसँगको अन्तर्वार्तामा उनले अमेरिका र इजरायलबीच इरानसँग हुने सम्भावित शान्ति सम्झौताले पनि हिजबुल्लाहविरुद्धको कारबाही प्रभावित नहुने बताएका हुन्।

इरानसँगको युद्ध अन्त्यका लागि हुने सम्झौताका बदलामा इजरायल हिजबुल्लाहसँगको शत्रुता अन्त्य गर्न तयार हुन्छ कि भन्ने प्रश्नमा नेतान्याहुले छोटो तर कडा जवाफ दिँदै भने, “हुँदैन।”

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो प्रस्ताव अघि सारे इजरायलको धारणा के हुन्छ भन्ने विषयमा भने उनले प्रत्यक्ष टिप्पणी गर्न चाहेनन्।

नेतान्याहुले मध्यपूर्वको अस्थिरताको मुख्य कारण इरान रहेको दाबी गर्दै तेहरान कमजोर भए वा त्यहाँको शासन परिवर्तन भए क्षेत्रीय सशस्त्र समूहहरूको शक्ति स्वतः कमजोर हुने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077