Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इजरायल र लेबनानबीच शान्ति स्थापनाका लागि वार्ता थाल्न नेतान्याहुको निर्देशन

इजरायल र लेबनानबीच शान्ति स्थापनाका लागि वार्ता थाल्न नेतान्याहुको निर्देशन

शुक्रवार , चैत्र २७, २०८२

एजेन्सी । बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायली सरकारले लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न पहल गरेको छ ।

प्रधानमन्त्री नेतान्याहुले आफ्नो मन्त्रिपरिषद्लाई सकेसम्म चाँडो वार्ता अघि बढाउन निर्देशन दिएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा हिब्रु भाषामा सार्वजनिक गरिएको विज्ञप्तिमा लेबननले निरन्तर वार्ताको आग्रह गरिरहेको दाबी गर्दै इजरायलले अब त्यसमा सक्रिय रूपमा अगाडि बढ्ने संकेत दिएको हो।

नेतन्याहुले प्रस्तावित वार्ताको मुख्य एजेन्डा हेजबुल्लाहको निस्शस्त्रीकरण र इजरायल–लेबननबीच दीर्घकालीन शान्ति सम्बन्ध स्थापना हुने स्पष्ट पारेका छन्।

तर वार्ताको यो संकेत आउँदै गर्दा पनि इजरायलले लेबननमाथि सैन्य कारबाही भने रोकेको छैन। अमेरिका–इरानबीच दुई साताको युद्धविराम सहमति भएपछि पनि इजरायलले लेबनानमा हवाई हमला जारी राखेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077