Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

असिम शाहले प्रधानमन्त्रीको बचाउमा लेखेको स्ट्याटस किन हटाए ?

असिम शाहले प्रधानमन्त्रीको बचाउमा लेखेको स्ट्याटस किन हटाए ?

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्रीको बचाउ गर्दै फेसबुकमा लेखेको स्ट्याटस केही मिनेटमै गायब भएको छ । 

सोमबार राति असिम शाहले प्रधानमन्त्री शाहको स्वास्थ्यमा समस्या आएको दाबी गर्दै संसद् बैठकबाट बाहिरिनु बाध्यात्मक भएको उल्लेख गरेका थिए । तर उक्त स्ट्याटस पोस्ट गरेको केही समयमै फेसबुकबाट हटेको हो ।

‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,’ शाहले लेखेका थिए, ‘त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’

तर केही मिनेटभित्र आएका सयौं आलोचनापछि शाहले उक्त पोस्ट डिलिट गरेका छन् । स्ट्याटस उनले आफैँ डिलेट गरेका हुन् वा प्राविधिक कारणले हटेको हो भन्नेबारे भने स्पष्ट हुन सकेको छैन ।

प्रधानमन्त्री शाह सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला बैठक हलबाट बाहिरिएका थिए ।

राष्ट्रप्रमुखले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका समयमा प्रधानमन्त्री नै बीचैमा बाहिरिएपछि सत्ता र प्रतिपक्ष दुवैतर्फबाट आलोचना भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077