Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फेरी तीन लाख नाघ्यो सुन, चाँदी कति पुग्यो ?

फेरी तीन लाख नाघ्यो सुन, चाँदी कति पुग्यो ?

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा चार हजार चार सय रुपैयाँले बढेर तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सोमबार भने सुन तोलामा दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

केहीदिन यता घटेर तीन लाखबाट दुई लाखमा झरेको सुन फेरी बढेर तीन लाख पुगेको हो । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहन्छ। पछिल्ला दिनहरूमा अमेरिकी डलरको मूल्य, विश्व आर्थिक अवस्था तथा अन्तर्राष्ट्रिय demand  का कारण सुनको भाउ कहिले बढ्ने त कहिले घट्ने क्रम जारी रहेको व्यवसायीहरू बताउँछन्।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले बढेर पाँच हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सोमबार चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077