एजेन्सी । बेलायतले होर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिसनमा ड्रोन, टाइफुन लडाकु विमान, युद्ध पोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ ।
यस अभियानका लागि बेलायतले झन्डै ११५ मिलियन पाउण्ड अर्थात् १४ अर्ब रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा बजेटसमेत छुट्याएको अल जजिराले जनाएको छ ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दाबी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताए ।
यस्तै, इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा १ सैनिक र २ स्वास्थ्यकर्मीसहित १३ जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।