Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

होर्मुज जलमार्गमा तेल ट्यांकरमाथि आक्रमण

होर्मुज जलमार्गमा तेल ट्यांकरमाथि आक्रमण

मंगलवार , आषाढ २३, २०८३

एजेन्सी । होर्मुज जलमार्गनजिक एउटा तेल ट्यांकरमाथि अज्ञात वस्तु वा क्षेप्यास्त्र प्रहार भएको छ ।

बेलायती जलसेनाअन्तर्गतको समुद्री सुरक्षा निकाय ‘यूके म्यारिटाइम ट्रेड अपरेसन्स’ (यूकेएमटीओ) का अनुसार दक्षिणतर्फ गइरहेको उक्त तेल ट्यांकरको देब्रे भागमा अज्ञात वस्तुले प्रहार गरेपछि जहाजमा आगलागी भएको हो ।

यूकेएमटीओले मंगलबार बिहान यस घटनाको पुष्टि गरेको हो । यद्यपि, घटनामा जहाजमा सवार कोही पनि हताहत भएका छैनन् ।

समुद्रमा तेल चुहावट वा अन्य कुनै वातावरणीय क्षति भएको विवरण पनि प्राप्त नभएको यूकेएमटीओले जनाएको छ । घटनाबारे सम्बन्धित समुद्री सुरक्षा निकायहरूले थप अनुसन्धान गरिरहेका छन् ।

ओमानको लिमाह क्षेत्रको पूर्वतर्फ भएको यो आक्रमणलाई अमेरिका–इरानबीच बढ्दो सैन्य तनावको पृष्ठभूमिसँग जोडेर हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077