Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनमा बालेनलाई 'ल्यान्ड रोभर' दिने मालपानीका करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

निर्वाचनमा बालेनलाई 'ल्यान्ड रोभर' दिने मालपानीका करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित दुई प्रकारका चाउचाउसहित विभिन्न खाद्य वस्तुलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

विभागका अनुसार १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’मा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको पाइएपछि ती उत्पादन बजारबाट हटाउन निर्देशन दिइएको हो । यशोदा फुड्स प्रालिका सञ्चालक कमलकिशोर मालपानी हुन् ।

उनै मालपानीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई यसअघि चुनाव प्रचारमा प्रयोग गर्न ७ करोडको 'ल्यान्ड रोभर' गाडी दिएका थिए । मालपानीको गाडी चढेपछि बालेन विवादमा समेत तानिएका थिए । पछि उनी गाडी फिर्ता गर्न बाध्य भए । 

त्यस्तै, सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि फिर्ता गर्न आदेश गरिएको विभागले जनाएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सम्बन्धित कम्पनीहरूलाई उत्पादन वितरण रोक्न र बजारबाट तत्काल फिर्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077