Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन लक्षित हर्कको प्रश्न - डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ ?

बालेन लक्षित हर्कको प्रश्न - डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ ?

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‍मा अनुपस्थित रहेको विषयलाई लिएर कटाक्ष गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहमाथि कटाक्ष गर्दै संसद्‍मा उठेका प्रश्नको सामना गर्न नसक्ने प्रधानमन्त्रीले लिपुलेक फिर्ता ल्याउने कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।

साम्पाङले लेखेका छन्, 'संसद्‍मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने, जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन ।'

प्रधानमन्त्री शाह संसद्‍मा निरन्तर अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले समेत आलोचना गरिरहेका बेला साम्पाङको अभिव्यक्ति सार्वजनिक भएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077