Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार रहेका कैदी बैतडीबाट पक्राउ

जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार रहेका कैदी बैतडीबाट पक्राउ

शुक्रवार , जेठ १, २०८३

बैतडी । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीलाई बैतडीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुर्चौंडी नगरपालिका-७ काफलीका नरेन्द्रसिंह रतोकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार रतोकीलाई इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा खटिएको टोलीले आज बिहान उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।

रतोकी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित नख्खु कारागारबाट फरार भएका थिए । 

उनीविरुद्ध जबरजस्ती करणी तथा डाँका चोरीसम्बन्धी मुद्दामा अदालतबाट १७ वर्ष ६ महिनाको कैद सजाय तोकिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077