Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभामुख अर्यालसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । 

शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल-जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे । उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राखेका छन् ।

त्यस अवसरमा राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077