Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

श्रम–संस्कृति काम गर्ने पार्टी हो, प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ: हर्क साम्पाङ

श्रम–संस्कृति काम गर्ने पार्टी हो, प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ: हर्क साम्पाङ

शनिवार , जेठ २, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लालाई मात्रै नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश तहमा पुगेपछि जिम्मेवारी व्यापक हुने भएकाले सम्पूर्ण जिल्लालाई समेटेर काम गर्नुपर्ने बताएका हुन्।

उनले भने- ‘प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्रै सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्छ । जति ठुलो क्षेत्रमा जिम्मेवारी हुन्छ, त्यति काम देखिँदैन, तर दायित्व धेरै हुन्छ। प्रदेशमा पुगेपछि एउटा जिल्लामा मात्र सीमित हुन पाइँदैन ।’

उनले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन् बढ्ने बताए। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य सङ्गठनको समान हिस्सेदार भएको बताए।

उनले श्रम संस्कृति पार्टी काम गर्ने पार्टी भएको उल्लेख गर्दै प्रत्येक सदस्यले श्रमदानमा जोडिनुपर्ने बताए ।

उनले थप भने- 'श्रम–संस्कृति पार्टीलाई काम गर्ने पार्टी हो। प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन् । यो सफलता होइन, निरन्तरताको परिणाम हो ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077