Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साढे चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिका पक्राउ

साढे चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिका पक्राउ

आइतवार , जेठ ३, २०८३

पाँचथर । अङ्क र अक्षर लेख्न नसकेको भन्दै साढे चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

फिदिम नगरपालिका–१४ स्थित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सुमित्रा सेन्दाङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले शनिबार नियन्त्रणमा लिएको हो ।

सेन्दाङले गत बुधबार एलकेजीमा अध्ययनरत पाँच वर्षीय छात्र सेसेफुङ नेम्वाङलाई ढाडमा १८ भाटा हानेको आरोप लागेको छ । घटनापछि बालकको ढाडभरि निलडाम देखिएको तस्बिर र समाचार सार्वजनिक भएपछि शिक्षिकालाई पक्राउ गर्न दबाब बढेको थियो ।

पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार शिक्षिकाविरुद्ध बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले पक्राउ परेकी शिक्षिकालाई आइतबार पाँचथर जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको जनाएको छ ।

घटना सार्वजनिक भएपछि विद्यालय प्रशासनले शिक्षिका सेन्दाङलाई निलम्बन गरेको छ । साथै विद्यालयले पीडित बालकको उपचार खर्च बेहोर्ने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077