Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी विश्वकप लिग- २: सन्दीप र ललितको उत्कृष्ट बलिङमा १९४ रनमा समेटियो स्कटल्याण्ड

आईसीसी विश्वकप लिग- २: सन्दीप र ललितको उत्कृष्ट बलिङमा १९४ रनमा समेटियो स्कटल्याण्ड

सोमवार , जेठ ४, २०८३

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई १९५ रनको लक्ष्य दिएको छ।

सोमबार कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डलाई नेपालले १९५ रनको लक्ष्य दिएको हो।

स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो।

स्कटल्यान्डका लागि ब्रान्डोन म्याक मुलेनले सर्वाधिक ७३ रनको योगदान दिए। ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका म्याकमुलेन सन्दीप लामिछानेको बलमा इसान पाण्डेको हातबाट क्याच आउट हुन पुगे। 

उनले तेस्रो विकेटको निम्ति कप्तान रिचि बेरिंगटनसँग ४२ रनको साझेदारी गरेका थिए । अविजित रहेका माइकल इंग्लिसले ५१ रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे ।

इंग्लिसले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे । ओपनर जजर्म मुन्सीले २१ रन जोडे । मार्क वाटले २० रन बनाउँदा कप्तान रिचि बेरिंगटनसँग १२ रन बनाए । नेपालका निम्ति ललित राजवंशीले चार विकेट लिए ।

सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ ।

पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला दिने सोच छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077