Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानन्यायाधीश शर्माले सम्हाले पदभार, सपना अनुपस्थित

प्रधानन्यायाधीश शर्माले सम्हाले पदभार, सपना अनुपस्थित

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हालेका छन्।

मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

प्रधानन्यायाधीश शर्माले पदभार सम्हाल्ने क्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित हुँदा न्यायाधीशहरु कुमार रेग्मी र हरिप्रसाद फुँयाल सहभागी भए ।

मल्ल, रेग्मी र फुँयाल शर्माभन्दा अघि क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा न्याय परिषद्बाट सिफारिस भएका थिए । 

यसअघि मंगलबार नै संघीय संसदको संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077