काठमाडौं । सर्वोच्च अदालत अन्तर्गत आज कुनै पनि इजलास नबस्ने भएको छ ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीशको निधन भएपछि शोक व्यक्त गर्दै इजलास नबस्ने भएको हो ।
सर्वोच्च अदालतले बिहीबार एक सूचना जारी गर्दै पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको जेठ ६ गते बुधबार निधान भएकाले शोक प्रकट गर्न इजलास नबस्ने जनाएको हो ।
नियमित सुनुवाइका लागि इजलास नबस्ने भएपनि अदालत भने खुला रहने छ ।
रिट वा निवेदन दर्ता तथा अन्य प्रशासनिक काम कारबाही भने सुचारु नै रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।