Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच बेइजिङमा के भयो छलफल ?

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच बेइजिङमा के भयो छलफल ?

सोमवार , जेठ ११, २०८३

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बेइजिङमा भेटवार्ता भएको हो ।

बीबीसी उर्दूले उल्लेख गरेअनुसार पाकिस्तानी प्रधानमन्त्रीले खाडी संकटका कारण विश्व एक नाजुक चरणबाट गुज्रिरहेको र पाकिस्तानले अमेरिका र इरान बीच मध्यस्थता गर्न इमानदारीपूर्वक काम गरेको बताएका थिए। 

उनले असीम मुनीरले पाकिस्तानी उपप्रधानमन्त्री इशाक दारसँग मिलेर इरानी, ​​अमेरिकी र खाडी नेतृत्वसँग निरन्तर सम्पर्क कायम राखेका र महत्वपूर्ण भूमिका खेलेका बताए ।

उनले खाडी संकट अन्त्य गर्न सही दिशामा प्रगति भइरहेको बताए। उनले शान्ति प्रयास र युद्धविराम पहललाई समर्थन गरेकोमा चिनियाँ नेतृत्वलाई धन्यवाद दिए।


ग्लोबल टाइम्सका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्यपूर्वमा शान्ति पुनर्स्थापनामा मध्यस्थकर्ताको भूमिका खेल्न पहल गरेकोमा पाकिस्तानको प्रशंसा गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077