Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एकैदिन सुन तोलामा ५५ सयले घट्यो, चाँदीको के भयो

एकैदिन सुन तोलामा ५५ सयले घट्यो, चाँदीको के भयो

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। 

आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

हिजो चाँदीको भाउ तोलाको ५ हजार ८० रुपैयाँ कायम थियो। 

गत माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको मूल्य तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहन्छ। पछिल्ला दिनहरूमा अमेरिकी डलरको मूल्य, विश्व आर्थिक अवस्थाका कारण सुनको भाउ कहिले बढ्ने त कहिले घट्ने क्रम जारी रहेको व्यवसायीहरू बताउँछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077