Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अब १० लाखसम्मको आयमा एक प्रतिशत मात्रै कर

अब १० लाखसम्मको आयमा एक प्रतिशत मात्रै कर

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । नयाँ आर्थिक वर्षबाट वार्षिक १० लाख रुपैयाँसम्मको आयकरमा एक कप्रतिशत मात्रै कर लाग्ने भएको छ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

यसअघि यस्तो सिमा पाँच लाख रुपैयाँ थियो। नयाँ घोषणासँगै न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा अब १० लाख रहेको छ ।

त्यस्तै, आयकरको अधिकतम सीमा ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा सिमित गरिएको छ।

यस्तै, ३६० बस्तुमा लाग्ने गरेको अन्तशुल्क पनि खारेज गरिएको छ।

अर्थमन्त्री डा. वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077