Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सेना, प्रहरी र शिक्षकको सेवा–सुविधा ‘सम्मानजनक’ बनाइने

सेना, प्रहरी र शिक्षकको सेवा–सुविधा ‘सम्मानजनक’ बनाइने

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको सेवा–सुविधालाई क्रमिक रूपमा ‘सम्मानजनक’ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र शिक्षकहरूको मनोबल उच्च राख्न यस्तो घोषणा गरेका हुन्।

बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले राज्यका संयन्त्रहरूलाई थप कुशल, प्रभावकारी र जवाफदेही बनाउन सेवा–सुविधामा निरन्तर सुधार आवश्यक रहेको उल्लेख गरे। 

उनले राष्ट्रसेवकहरूको कार्यसम्पादनलाई चुस्त बनाउने उद्देश्यले तलब तथा अन्य सुविधाहरूलाई समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था मिलाइने स्पष्ट पारेका छन्।

सरकारको यस नयाँ नीतिलाई कर्मचारी वृत्तमा एक सकारात्मक र कर्मचारीमैत्री कदमका रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077