Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी, उजुरीपछि पक्राउ

इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी, उजुरीपछि पक्राउ

सोमवार , आषाढ २२, २०८३

ललितपुर । ललितपुरस्थित इमाडोलमा एक जना युवतीलाई अश्लील हर्कत गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बैतडी घर भई हाल इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् ।

भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत सरकारी कर्मचारी हुन् ।

भट्टले आइतबार साँझ साढे ६ बजेतिर एक्लै बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए ।

आफूमाथि अशिलल हर्कत गरेपछि ती पुरुषलाई फलो गर्दै युवतीले भिडियो खिचेकी थिइन् । त्यसपछि पीडित युवतीले उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् ।

पीडितले ती पुरुषलाई पक्राउ गर्न भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन समेत दिएकी थिइन् । 

सोही आधारमा भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

साथै प्रहरीले सिसिटिभी फुटेज संकलन गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077