ललितपुर । सार्वजनिक स्थानमा अश्लील गतिविधि गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार भट्टविरुद्ध सार्वजनिक स्थलमा अश्लीलता प्रदर्शन गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्याद थप अनुमति लिइएको हो ।
भट्टले आइतबार साँझ साढे ६ बजेतिर एक्लै बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए ।
आफूमाथि अशिलल हर्कत गरेपछि ती पुरुषलाई फलो गर्दै युवतीले भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् ।
त्यसपछि पीडितले ती पुरुषलाई पक्राउ गर्न भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन समेत दिएकी थिइन् ।
सोही आधारमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय भट्टलाई सोमबार पक्राउ गरिएको थियो ।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत सरकारी कर्मचारी हुन् ।