Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सेवाग्राही कुट्ने यातायातका निमित्त प्रमुख आचार्य प्रहरी नियन्त्रणमा, जिम्मेवारी पनि खोसियो

सेवाग्राही कुट्ने यातायातका निमित्त प्रमुख आचार्य प्रहरी नियन्त्रणमा, जिम्मेवारी पनि खोसियो

मंगलवार , आषाढ २३, २०८३

जनकपुरधाम । सेवाग्राहीमाथि कार्यालय परिसरमा कुट्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख अनित आचार्यको जिम्मेवारी खोसिएको छ । 

कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएसँगै श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनलाई जिम्मेबारीबाट हटाएर मन्त्रालय तानेको हो। 

स्रोतका अनुसार उनी सोमबार नै मन्त्री स्तरीय निर्णयबाट मन्त्रालय तानिएका हुन् ।  

उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ ।

यता उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे अनुसन्धान थालेको छ । 

प्रहरीका अनुसार सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि घटनाको वास्तविकता बुझ्न धनुषा प्रहरीमार्फत बारा प्रहरीले आचार्यलाई कार्यालय झिकाएको छ ।

उनलाई नियन्त्रणमा नलिए पनि कार्यालयमा बोलाएर घटनाबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

गत फागुनको तेस्रो सातातिर उनले आफ्नो कार्यकक्षमा एक सेवाग्राहीमाथि हातपात गरेका थिए । प्रहरीका अनुसार कार्यालय प्रमुखको कार्यकक्ष बाहिर एक सेवाग्राहीसँग विवाद चर्किएपछि दुवै पक्षबीच हातपात भएको थियो । 

उक्त घटनामा कुटिने सेवाग्राही अरुण कुशवाहा हुन्। उनी आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय गएका थिए । कार्यालयका कर्मचारीसँग धाकधम्की र गालीगलौज गरेपछि विवाद उत्पन्न भएको र त्यसक्रममा हातपात भएको थियो। 

उक्त विवाद त्यसबेलै मिलिसकेको भए पनि घटनाको भिडियो गत शनिबार मात्रै हातपात भएको उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चासो देखाएको हो।

यद्यपी घटनाका हुँदा ट्राफिक प्रहरीका सई भानुभक्त आचार्यसहित दुईजना प्रहरी पनि घटनास्थलमै थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077