Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाटो हिँडिरहेका वृद्धमाथि मुक्का बर्साउने गाडी चालक पक्राउ

बाटो हिँडिरहेका वृद्धमाथि मुक्का बर्साउने गाडी चालक पक्राउ

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं। सडकमा हिँडिरहेका एक ज्येष्ठ नागरिकलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरुष पक्राउ परेका छन्। 

काठमाडौैको चप्पलकारखानानजिकै आफूलाई मुख छाडेको भन्दै कमजोर शारीरिक अवस्थाका एक ज्येष्ठ नागरिकमाथि मुक्का बर्साउने ४२ वर्षीय पारस बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान बाटोमा हिँडिरहेका एक पुरुषमाथि बमले सडकमै हातपात गरेका थिए । ‘ए जँड्याहा के भन्या तैँले,’ भन्दै ती चालकले ज्येष्ठ नागरिकको टाउकोमा मुक्का प्रहार गरेका थिए। सोही समयमा सोही गाडीबाट ओर्लिएकी अर्की महिलाले समेत उनलाई धम्क्याएकी थिइन् ।

उक्त मुक्का बर्साएको भिडियो सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारेमा चासो लिएको थियो । साथै बाटोमा हिँडिरहेको व्यक्तिमाथि अमानवीय ढंगले हातपात गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गर्दै सामाजिक सञ्जालमा ट्रेण्ड नै चलाइएको थियो ।

उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077