Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्देशककी छोरी पोर्न स्टार!

    निर्देशककी छोरी पोर्न स्टार!

    अनलाइन नेपाल
  • मंगलबार, २० फाल्गुन २०७६
  • 5.7K
    SHARES

    फिल्म लाइनमा रहेका अग्रजहरूका सन्तान राम्रै भूमिकाबाट फिल्ममा डेब्यु गर्छन्। तर धेरैलाई आश्चर्यचकित पार्दै हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी मिकेला पोर्न स्टार बन्ने भएकी छन्।

    पोर्न स्टार बन्न पुगेका अधिकाशंले आफ्नो बाध्यतालाई अगाडि सार्ने गर्दछन्। तर हालै मात्र पोर्न इन्डस्ट्रिलाई करिअरको रूपमा अघि बढाउने सोच राख्दै पाइला राखेकी एक पोर्न स्टारले अचम्म लाग्दो तरिकाले उनी कसरी २३ वर्षको उमेरमै पोर्न स्टार बनिन् भन्ने पोल खुलासा गरेकी छिन्।



    आफ्ना अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी हुन्। यो निर्णयमा आफ्ना अभिभावकदेखि भावी पतिले समेत समर्थन गरेको उनले खुलासा गरेकी छन्। आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने मिकेलाको भनाइ छ। चर्चित पत्रिका ‘द सन’लाई दिएको अन्तर्वार्तामा उनले आफू दिनदिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकोले यो निर्णय गरेको बताएकी छन्।



    मिकेला निर्देशक स्टिवनकी आफ्नै छोरी नभई धर्मपुत्री हुन्। स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्। उनीसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ।

    समाचारमा जनाइएअनुसार यसभन्दा पहिले उनले आफ्नै सोलो भिडियो बनाउने गर्थिन्। त्यसपछि आफू वयस्क फिल्म उद्योगमा जाने कुरा आफ्नो मातापिता सामू राख्दा समर्थन गरे। यसपछि उनले आफ्ना सामाजिक सञ्जालका फलोअर्स सामु पनि आफ्नो निर्णय शेएर गरिन्। समाचारमा जनाइएअनुसार आफ्ना प्रेमीकाका साथ लिभिङ टुगेदरमा रहेकी उनको यो कदममा उनका प्रेमीले पनि साथ दिएका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार