Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडाैंमा विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका बर्खास्त

    काठमाडाैंमा विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका बर्खास्त

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । परीक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर सजाय दिने शिक्षिकालाई काठमाडौको जडिबुटी स्थित जागृति एकेडेमीले बर्खास्त गरेको छ ।

    सामाजिक शिक्षाको परीक्षामा कम नम्बर ल्याएको भन्दै विगत १२ वर्षदेखि अध्यापनरत शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई जागृति एकेडेमीले बर्खास्त गरेको हाे । उनले गएको हप्ता कक्षा ६ र ७ मा अध्ययनरत ३० भन्दा बढी विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन् ।



    राम्रो नम्बर नल्याउने विद्यार्थीलाई शिक्षिकाले पेन्सिल सार्पनरको ब्लेडले नाडीमा काट्न लगाएकी हुन् । २० पूर्णाङ्क मध्ये १५ अंक भन्दा कम ल्याउने विद्यार्थीलाई शिक्षिकाले हात काट्न लगाएकी हुन् ।



    विद्यालयका प्रधानाध्यापक राजनकुमार श्रेष्ठले यस्तो गर्ने शिक्षिकालाई शुक्रबार नै बर्खास्त गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले पनि घटनाबारे अनुसन्धान थालेको छ । यस्तै घटनाबारे छलफल गर्न विद्यालय कार्यसमितिको बैठक शनिबार बसिरहेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार