Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना भाइरस संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु

    कोरोना भाइरस संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको भएको छ । संखुवासभाका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको हो ।

    राईको मंगलबार बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा मृत्यु भएको वताइएको छ ।



    लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।



    मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार