Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपाल र चीनका राष्ट्रपतिबीच कोरोनाको महामारीबारे छलफल

    नेपाल र चीनका राष्ट्रपतिबीच कोरोनाको महामारीबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच सोमबार राति टेलिफोन कुराकानी भएको छ ।

    विश्व नै कोरोनाको महामारीमा लडिरहेका बेला राष्ट्रपति भण्डारीले सीलाई फोन गरेकी हु ।



    चिनियाँ राष्ट्रपति सिले टेलिफोन गरेकामा राष्ट्रपति भण्डारीप्रति कृतज्ञता व्यक्त गर्दै चीन सरकार र चिनियाँ नागरिक कोरोना भाइरससँग लडिरहेका बेला नेपाल सरकारले दिएको साथप्रति धन्यवाद दिएको बताइएको छ ।



    टेलिफोन कुराकानीमा राष्ट्रपतिद्धयबीच कोरोना भाइरसको विश्वब्यापी फैलिएको असर र यससँग लड्न विश्वब्यापी रुपमा भइरहेको प्रयासका बारेमा पनि छलफल भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको उच्च प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको प्रसंसा गरेकी थिइन् ।

    जवाफमा राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै चीनको सहयोग रहने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार