Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महामारीको बेला बैंक व्यबस्थापनद्वारा कर्मचारीमाथि अन्याय

    लकडाउनको बेला ग्लोबल आइएमई बैंकमा आतंक, कर्मचारीको जागिर संकटमा !

    लकडाउनको बेला ग्लोबल आइएमई बैंकमा आतंक, कर्मचारीको जागिर संकटमा !

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 6.1K
    SHARES

    काठमाडौं ।  कोरोना भाइरस (कोभिड -१९ )को संक्रमणको जोखिमलाई रोकथाम गर्न सरकारले देशभर लकडाउन गरेको बेला  बैंकमा काम गर्ने कर्मचारीको जागिर संकटमा पार्ने काम बैंक व्यबस्थापनले नै गर्न थालेका छन् ।

    कुमारी बैंकमा व्यबस्थापनका कारण २८ जनाले बैंक छोडेको घटना आएको केहि दिन वित्न नपाउँदै देशकै ठूलो बाणिज्य बैंक ग्लोबल आइएमई बैंकका कर्मचारीलाई व्यबस्थापनले पेल्न थालको समाचार  छ ।



    कर्मचारीहरु यो संकटको बेलामा सरकारले व्यक्तिगत दुरी कामय गर्नका लागि गरेको लकडाउनका कारण कार्यालय जानबाट बन्चित छन् ।



    तर,तर लकडाउनलाई आफु अनुकुल प्रयोग गरेर मन नपरेका कर्मचारीलाई पेल्ने अभियान नै चलाइएको छ। ग्लोबल आइएमई बैंकले कर्मचारीले वार्षिक रुपमा पाउने १५ दिनको विदा यहि बेलामा लिन पर्ने वाध्यकारी नियम लागू गर्दै कर्मचारीलाई सर्कुलर जारी गरेको छ ।

    उक्त १५ दिनमा ८ दिन अनिवार्य यहि लकडाउन अवधिलाई वार्षिक विदाका रुपमा गणना गर्नेभन्दै कर्मचारीलाई सर्कुलर जारी गरिएको छ  । अन्य वित्तीय संस्थामा यस्तो कुनै पनि  वाध्यकारी व्यवस्था छैन ।

    जुन सरासर गलत र नियम बिपरित रहेको एक बैंकका सिईओले वताए। त्यस बिषयमा बैंकका प्रदेश ३ का प्रमुख सञ्जय शर्माले बिरोध जनाएपछि बैंकले उनलाई जागिरबाट हटाएको स्रोतले वतायो ।

    त्यस्तै,ग्लोबल आइएमई बैंकले  करारमा रहेका कर्मचारीहरुलाई धमाधम निकाल्न थालेको छ।

    बैंक भित्र पछिल्लो समय प्रमुख कार्यकारी अधिकृत सिईयो पर्शुराम कुँवर र व्यबस्थापन पक्षबीच बिबाद बढ्दै गएको समाचार छ।

    सिईओ बिबाद बढ्न थालेपछि कुँवरले अध्यक्ष चन्द्र ढकाललाई गर्नुपर्ने रिपोर्टिङ डेपुटी सिईओ महेश ढकालले गर्न थालेको बैंककै एक उच्च अधीकारीले वताए।

    ग्लोबल आइएमई बैंकको  जस्तै कर्मचारीलाई पेल्ने शैली एनएमबी,  प्रभु,माछापुछ्रे, सनराइजलगायतका बैंकहरुले पनि अपनाउन थालेका छन् ।

    ग्लोबल आइएमई बैंकले जारी गरेको सर्कुलर

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार