Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • लद्दाख सिमानामा भारत र चीनले चाल्याे यस्ताे कदम, बढ्याे तनावकाे अवस्था

    लद्दाख सिमानामा भारत र चीनले चाल्याे यस्ताे कदम, बढ्याे तनावकाे अवस्था

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    एजेन्सी । भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा दुबैदेशले सैन्य हतियार र सैनिक बढाएका छन्। विगत २५ दिनदेखि भारतको उक्त सीमामा दुबैदेशबिच बढेको तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको समाचार टाइम्स अफ इण्डियाले लेखेकाे छ।

    टाइम्स अफ इण्डियाका अुनसार चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सैन्य रणनीति अन्तरगत आर्टलरी बन्दुक, पैदल सेनाको लडाई सवारी साधन र भारी सैन्य उपकरणहरु क्रमिकरूपमा थपिरहेको जनाएको छ। यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तोपखानाको बन्दुक जस्ता हतियारहरू बढाउन सुरू गरेको छ।



    पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो। सैन्य तथा कुट्नीतिक स्तरमा उत्पन्न तनावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भिडन्तलाई ध्यानमा राख्दै सैनिक, हतियार र तिनको गतिविधि बढाएका हुन्।



    भारतीय वायुसेनाले त्यहाँ कडा हवाइ निरिक्षण गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ। यस महिनाको सुरूमा चिनियाँ सेना भारतीय सीमा पार गरेर पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ तनाव उत्पन्न हुन सुरू भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार