Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सीमा विवाद चलिरहेकाे बेला भारतीय रक्षामन्त्री किन गए रुस ?

    सीमा विवाद चलिरहेकाे बेला भारतीय रक्षामन्त्री किन गए रुस ?

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 3K
    SHARES

    एजेन्सी । भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेकाे बताइएको छ ।

    उनी तीन दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुनुहुने बताइएको छ ।



    हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए । चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार