Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • घटेकै हो त काठमाडौंमा कोरोना संक्रमण ?

    २ हजारको परीक्षण गर्दा सबैको नेगेटिभ

    २ हजारको परीक्षण गर्दा सबैको नेगेटिभ

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको सन्दर्भमा इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाले समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन पत्ता लगाउन विभिन्न स्थानबाट नमुना संकलन गरी कोरोना जाँच गरिरहेको छ ।

    पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । महाशाखाकाले थप दुई हजार जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित नभेटिएको जनाएको छ ।



    महाशाखाले समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन पत्ता लगाउन कम्तिमा ६ हजार जनाको परीक्षण गर्ने जनाएको थियो ।



    जसअनुसार महाशाखाले परीक्षण गर्न उपत्यकाको तीनै जिल्लाका १२ वटा ठाउँ छनोट गरेको थियो। प्रत्येक ठाउँबाट १ सय ८० वटासम्म स्वाब संकलन गरिएको थियो।

    ती ठाउँबाट संकलन गरिएको स्वाबमध्ये टोखा नगरपालिकास्थित हरियाली बस्तीका तीन जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेकी महिला हुन् भने बाँकी दुईजना स्थानीय हुन्।

    त्यसबाहेक बाँकी ठाउँहरूबाट संकलन गरिएको स्वाब भने कुनै पनि पोजेटिभ देखिएन। त्यस्तै बैंक, मालपोतजस्ता धेरै भीडभाड हुने स्थानहरूमा आउने सेवाग्राही र कर्मचारीको समेत परीक्षण भइरहेको छ।

    महाशाखाको तथ्यांकअनुसार ४२ सय बढीको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण पुष्टि भएको छ। यसअघि नै २ हजार २ सय जनाको परीक्षण भइसकेको छ। पछि थप २ हजार जनाको परीक्षण गर्दा पनि कसैमा संक्रमण नदेखिएको हो ।

    महाशाखाको तथ्यांक अनुसार बिहीबारसम्म उपत्यकामा संक्रमित हुनेको संख्या ३ सय ६५ छ। जसमा काठमाडौंका २ सय ४४, ललितपुरका ७६ र भक्तपुरका ४५ जना छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार