Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजबाट १ हजारको नयाँ नोट आउँदै

    आजबाट १ हजारको नयाँ नोट आउँदै

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) बाट दृष्टिविहिनले पनि पहिचान गर्न सक्ने १ हजारको नयाँ नोट बजारमा ल्याउने भएको छ ।

    निवर्तमान गर्भनर डा. चरञ्जीवी नेपालको हस्ताक्षर रहेको नोटमा अब दुई हात्ती हुनेछन् । सौराहाका राम लक्ष्मण नाम गरेका हात्तीको तस्वीर अंकित गरेर नयाँ नोट बजारमा ल्याउन लागिएको हो ।



    राम र लक्ष्मण भनी चिनिने दुर्लभ जम्ल्याहा हात्तीको संकेत नं. ज/६८ ०००००१ ट/१०० ९९९९९९ सम्मको नयाँ हजारको नोट बजारमा ल्याएको हो । राष्ट्र बैंकले एक सूचना जारी गरेर साउन ७ गतेदेखि चलनचल्तीमा ल्याएको नोटमा बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको छ ।



    नोटको दायाँतर्फ लालीगुराँस र यसैको तल्लो भागमा फरक क्षमता भएका दुष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजारको अंक जनाउने रोमन अक्षर एम लेखिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार