Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक विदेशी नागरिकको मृत्यु

    कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक विदेशी नागरिकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 4.6K
    SHARES

    फाइल तस्बिर

    कााठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यायल शिक्षण अस्पताल महराजगंजमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको अस्पतालका निर्देशक डा. रोहित पौडेलले जानकारी दिए । ’उहाँ हिजो बेलुका अस्पताल भर्ना हुनुभएको थियो । आज बिहान उहाँको मृत्यु भयो,’ डा. पौडेलले भने ।



    मृतक महिलाबारे थप विवरण लिने काम भइरहेको र दूतावासको रोहबरमा सेनाले शव व्यवस्थापन गरिने निर्देशक पौडेलले जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार