Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरोना संक्रमणबाट विदेशीसहित २ जनाको मृत्यु, मृतककाे संख्या ४२ पुग्यो

    कोरोना संक्रमणबाट विदेशीसहित २ जनाको मृत्यु, मृतककाे संख्या ४२ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ नेपाली र १ विदेशी नागरिकको मृत्यु भएको जानकारी दिए ।



    धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका ६० वर्षीय पुरुषमा उच्च ज्वरो र स्वास्स प्रश्वास सम्बन्धि समस्याका कारण साउन २ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भ्यान्टिलेटरमा राखि उपचार गरिरहेको अवस्थामा साउन ६ गते मृत्यु भएको प्रवक्ता गौतमले बताए ।



    त्यस्तै अर्की एक चिनियाँ महिलाको पनि कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुने ४९ वर्षीया ती महिला पोखरामा काम गर्दै आएकी थिइन् । उनको स्वास्थ्यमा समस्य देखिएपछि मणिपाल अस्पताल भर्ना गरिएको थियो ।

    गत साउन २ गते थप उपचारको लागि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल काठमाडौं ल्याइएको थियो । उनको कोरोना परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको थियो । थप उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा आज साउन ७ गते मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार